1 month ago
October 5, 2025
एजेन्सी – भिनिसियस जुनियरले २ गोल गरेपछि शनिवार ला लिगामा रियल म्याड्रिडले भिलारियललाई ३-१ ले हराएको छ।
रियलले गत हप्ताको छिमेकी क्लब एट्लेटिको म्याड्रिडसँग लज्जास्पद हार बेहोरेको छ। भिल्लारियललाई पराजित गरेसँगै रियल ला लिगाको शीर्ष स्थानमा पुगेको छ।
दोस्रो हाफ सुरु भएको ९० सेकेन्डमै भिनिसियसले गोल गर्दै खेलको खाता खोले। उनले किलियन एमबाप्पेको पासबाट हानेको सटमा बल भिल्लारियलका सान्टि कोमेसानाको खुट्टामा लागेर गोल भयो।
खेलको ६९औं मिनेटमा उनलाई राफा मारिनले पेनाल्टी बक्समा फाउल गरेपछि रियलले पेनाल्टी पायो। भिनिसियसले त्यसमा गोल गर्दै अग्रता दोब्बर पारे ।
७३ औं मिनेटमा जर्ज मिकाउताद्जेले बल नियन्त्रण गर्दै थिबाउट कर्टोइसलाई मौका नदिइ गोल फर्काए। पछि भिल्लारियलका सान्तियागो मौरिनोले भिनिसियसलाई फाउल गरेपछि दोस्रो पहेँलो कार्ड पाए र मैदानबाट निकालिए।
८१ औं मिनेटमा एमबाप्पेले ब्राहिम डायाजको पासमा गोल गर्दै रियलको जित निश्चित गरे। केही बेरमै खुट्टामा चोट लागेपछि एमबाप्पे खोच्चाउँदै मैदान छाड्न बाध्य भए।
यो जितसँगै रियलको ८ खेलपछि २१ अंक पुगेको छ। २ अंकले पछि रहेको बार्सिलोनाले आइतवार सेभियासँग खेल्नेछ। भिल्लारियल १६ अंकसहित तेस्रो स्थानमा कायम छ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बङ्गलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली बङ्गलादेश विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्स बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो गोल हो। लगतै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]