default_image

1 month ago

October 5, 2025

राष्ट्रिय फुटबल टोलीमा ६ खेलाडीको पुनरागमन

694 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाम विरुद्धको एएफसी एसियन कप छनोटको लागि प्रशिक्षक म्याट रोसले नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। टोलीमा ६ खेलाडीले पुनरागमन गरेका छन्।

बंगलादेशसँगको मैत्रीपूर्ण खेल दौरान यु-२३ टोलीमा रहेका आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जनलाई टोलीमा फर्किएका छन् । चोटमुक्त भएर सनिश श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका हुन् । गोलकिपर विशाल सुनार यसपटकको टोलीमा छन्।

बंगलादेशविरुद्ध टोलीमा रहेका अमित लामा, आदित्य शाक्य, रन्दिप पौडेल, समिर तामाङ, सृजनराज गौतम र गोलकिपर टिकेन्द्र यसपटक टोलीमा छैनन् ।

नेपालले भियतनामसँग असोज २३ र २८ (अक्टोबर ९ र १४) गते दुई खेल खेल्नेछ। नेपालले होम म्याच दशरथ रंगशालामा खेल्नुपर्ने हो। तर दशरथ रंगशाला अझै अयोग्य रहेको कारण होम र अवै दुवै खेल भियतनाममा नै खेल्नेछ।

एसियन कप छनोटको तयारीको लागि नेपालले बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्ने तय हुँदा एक खेल मात्र संभव भएको थियो। गत महिना जेन-जी प्रदर्शनको कारण दोस्रो खेल रद्द भएको थियो। पहिलो खेल बराबरीमा सकिएको थियो।‌

नेपाली राष्ट्रिय फुटबल टोली
किरण चेम्जोङ (कप्तान),अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , दिनेश हेंजन, जिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउबा, लाकेन लिम्बू, मणी कुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.