1 month ago
October 5, 2025
एजेन्सी –बार्सिलोना लगातार दोस्रो खेलमा पराजित भएको छ। स्पेनिस लिगमा आइतवार सेभिल्लाले बार्सिलोनालाई ४–१ ले हारेको छ।
बार्सिलोनाका युवा खेलाडी लामिन यामाल चोटका कारण खेलेनन्। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्ने अवसर पनि गुमाए।
गत साता बार्सिलोनाले च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग पनि हार बेहोरेको थियो। लगातार हारपछि टिम अन्तर्राष्ट्रिय विश्रामअघि दबाबमा पुरेको छ।
रियल म्याड्रिडले शनिबार भिल्ललारियललाई ३–१ ले हराएपछि शीर्ष स्थानमा उक्लिएको थियो । रियलको भन्दा बार्सिलोनाको २ अंक कम छ।
सेभिल्लाले दशकपछि पहिलोपटक बार्सिलोनालाई लिगमा हरायो र चौथो स्थानमा उक्लियो।
१३औं मिनेटमा रोनाल्ड अराउजोले रोमेरोलाई फाउल गरेपछि एलेक्सिस सान्चेजले पेनाल्टीबाट सेभिल्लालाई अग्रता दिलाए। त्यसपछि रोमेरोले नै अर्को काउन्टर आक्रमणबाट ३६ औं मिनेटमा दोस्रो गोल थपे।
बार्सिलोनाका मार्कस रासफोर्डले पेड्रीको पासमा पहिलो हाफकै अन्त्यतिर एक गोल फर्काए। तर दोस्रो हाफमा लेवान्डोस्कीको पेनाल्टी चुकेपछि खेल फेरि सेभिल्लाको पक्षमा गयो।
८९औं मिनेटमा जोसे एन्जेल कार्मोनाले टाढाबाट सुन्दर गोल गर्दै अग्रता ३-१ बनाए। इन्ज्युरी समयको छैंटौं मिनेटमा एकोर एडम्सले गोल गर्दै सेभिल्लाको जित पक्का गरे।
बार्सिलोनाले यसअघि सेभियाविरुद्ध लगातार ७ खेल जितेको थियो। अर्को खेलमा आलाभेसले एल्चेलाई ३–१ ले हरायो।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]