default_image

1 month ago

October 5, 2025

हालान्डको गोलमा सिटी विजयी

273 views

0 Bookmark

एजेन्सी – एर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार प्रिमियर लिगमा जित निकालेको छ । सिटीले ब्रेन्टफोर्डलाई १-० ले हराएको हो।

यो जितसँगै प्रशिक्षक पेप गार्डिओलाले सिटीका लागि आफ्नो २ सय ५०औँ जित दर्ता गरे। सिटीले यो सिजनको पहिलो खेलपछि पहिलो पटक अवे मैदानमा जित निकाल्न सफल भयो।

हालान्डले नवौं मिनेटमा सिटीलाई अग्रता दिलाए। उनले बल राम्रोसँग नियन्त्रण गर्दै ब्रेन्टफोर्डका डिफेन्डरलाई पछि पार्दै गोल गरे।

दोस्रो हाफमा ब्रेन्टफोर्डले बराबरी गर्न खोजे पनि सिटीको मजबुत रक्षापंक्तिले सफल हुन दिएन। पहिलो हाफमा रोड्री घाइते भए पनि सिटी ३ अंक सुरक्षित गर्न सफल भयो।

यो जितपछि सिटी १३ अंकका साथ तालिकाको पाँचौँ स्थानमा पुगेको छ। सिटी शीर्षमा रहेको आर्सनलभन्दा ३ अंकले मात्र पछाडि छ। ब्रेन्टफोर्ड १६औँ स्थानमा छ।

अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले र न्युक्यासलले नटिङघम फरेस्टलाई २-० ले हरायो।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.