1 month ago
October 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मंगलवार त्यसतर्फ जाने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई आज बिदाइ गरे। उप कप्तान रोहित चन्दले नेपालको झण्डा ग्रहण गरे।
नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ।तुलनात्मक रूपमा नेपाल भन्दा बलियो भियतनाम विरूद्ध खेल्न यो पटक फरक तयारी भएको प्रशिक्षक म्याट रोसले बताए। उनले केहि खेलाडी बंगलादेश र माल्दिभ्समा रहेको कारण केहि दिन अगाडि मात्र टोली जोडिएको बताए।
यो पटक दशैंको लागि पनि मात्र दुई दिनको बिदा दिइएको थियो। टोली राम्रो स्थितिमा रहेकोले सकरात्मक नतिजाको लागि खेल्ने रोसले बताए।
उप कप्तान रोहितले लिग नभएको कारण खेलाडीको फिटनेसमा केहि कमजोर रहेपनि सक्दो प्रयास गर्ने बताए। साथै उनले होम म्याच एडभान्टेज हुने भएपनि नेपालले यो मौका निरन्तर गुमाउनु दुःखद भएको बताए ।
दशरथ रंगशाला एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तराष्ट्रिय प्रतियोगिताको लागि अयोग्य घोषित गरेको वर्ष बितिसकेको छ। तर रङ्गशालालाई योग्य बनाउन अझै सरोकारवालाहरू उदासिन देखिएका छन्।
यही कारण भियतनाम विरूद्धको होम र अवे दुवै खेल नेपालले भियतनाममा नै खेल्नेछ। खेल असोज २३ र २८ गते (अक्टोबर ९ र १४ ) हुनेछ।

समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २-१ र मलेसियासँग २-० को हार बेहोरेको थियो। यही कारण छनोटको लागि भियतनाम विरूद्धको खेल निकै महत्वपूर्ण रहनेछ।
साथै मलेसिया विरूद्धको खेलको नतिजा नेपालको पक्षमा आउने संभावना पनि रहेको छ। मलेसियाले अयोग्य खेलाडी खेलाएको भन्दै लाओसले एएफसीमा उजुरी दिएको छ। यदि यो सदर भएमा मलेसिया विरूद्धको नतिजा नेपालको पक्षमा आउनेछ।
नेपालले पछिल्लो पटक तयारीको क्रममा बंलादेशसँग दशरथ रङ्गशालामा मैत्रिपुर्ण खेल खेलेको थियो। खेल बराबरीमा सकिएको थियो। दोस्रो खेल जेन-जी प्रदर्शनको कारण हुन सकेन ।
टोलीका कप्तान किरण चेम्जोङ र लाकेन लिम्बु सिधै भियतनाम पुग्नेबताइएको छ । टोलीमा २३ खेलाडी, प्रशिक्षणसहित ४० जना रहेको बताएको छ।
नेपाली राष्ट्रिय फुटबल टोली
किरण चेम्जोङ (कप्तान),अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , दिनेश हेंजन, जिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउबा, लाकेन लिम्बु, मणी कुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]