default_image

1 month ago

October 6, 2025

जम्बो टोली भियतनाम जाँदै, अतिरिक्त मात्रै ८ जना

918 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली फुटबलको अहिलेको ठूलो समस्या बर्षौ सहिद स्मारक ए डिभिजन लिग नहुनु  र अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशालाको योग्यता नपुग्नु रहेको छ।

पछिल्लो पटक ए डिभिजन लिग सकिएको आज ८ सय ४८ दिन पूरा भैसकेको छ। नेपाली राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक र खेलाडीले पनि लिग नभएको कारण राष्ट्रिय टोली बलियो बन्न नसकेको भन्दै आएका छन्।

अनि नेपालको यसअघि एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालालाई योग्य बनाउन नसक्नु लाजमर्दो विषय हो। वर्ष दिन भन्दा लामो समयदेखि दशरथ रंगशालालाई पुरुषका प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय फुटबल भएको छैन।

एएफसीले दशरथ रंगशालालाई पटक पटक अयोग्यको ट्याग लगाउँदै आएको छ। यो नेपाली फुटबल खेलाडी र समर्थकका लागि दुःखद विषय हो। तर दशरथ रंगशालालाई मापदण्ड पुर्याएर योग्य बनाउन एन्फालाई  हतार छैन । चासो छैन । सायद मतलब पनि खासै छैन ।

सिनियर पुरुष फुटबलको घरेलु अवस्था गम्भीर संकटमा छ। जसका कारण खेलाडी पलायन रोकिएको छैन। होम म्याच गर्न नसक्ने स्थितिले सायद फुटबल आन्तरिक राजनीति मिलाउनका लागि एउटा माध्यम बनेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्बन्धित व्यक्ति र विभिन्न जिम्मेवारीमा रहेकाहरुका लागि विदेश सयर गराउने बाहना मिलेको छ। भियतनाम विरुद्धको एएफसी एसियन कप  खेल्न खेलाडी , प्रशिक्षण टोली र अतिरिक्त अफिसियलसहित जम्बो नेपाली टिम भियतनाम जाँदैछ।

खेलाडी २३, प्रशिक्षक , व्यवस्थापक , चिकित्सक, फिजियो, एक खेल पत्रकारसहित ३२ जना टोलीको नियमित सदस्य छन् । त्यसबाहेक जानेमा अरु ८ जना छन् । एउट टुरमा ८ जना पदाधिकारी जाँदैछन्। उनीको प्रस्ट जिम्मेवारी खुलाइएको छैन। उनीहरुलाई डेलिगेट्स भनिएको छ।

यस्तो डेलिगेट्समा एन्फा उपाध्यक्ष दीपक खतिवडा, सदस्य महेन्द्र क्षेत्री तथा हितमान गुरुङ, नितेश रावल, राजुमान तुलाधर, कर्ण बहादुर बस्नेत, रामकान्त चौधरी र रमेश कुमार श्रेष्ठ छन् ।

विगतदेखि नै टोलीका साथ विना जिम्मेवारी घुम्नकै लागि विभिन्न व्यक्तिलाई विदेश पठाउनेमा एन्फा अग्रपंक्तिमा आउँछ। जसको कारण एन्फा आलोचित बन्ने गरेको छ।

डेढ वर्षअघि टोली मैत्रीपूर्ण खेलका लागि बेलायत जाने क्रममा ठूलो संख्यामा पदाधिकारी पनि जान खोज्दा युवा तथा खेलकुद मन्त्रालयले रोकेको थियो।

यसरी टोली पठाउँदा राष्ट्रिय खेलकुद परिषद्सँग पूर्व स्वीकृत लिनु पर्ने नियम यस्तै कारण बनाइएको थियो। तर एन्फाले आफू सम्बन्धितलाई विदेश घुमाउने क्रमलाई निरन्तरता दिइरहेको छ।

नेपाल र भियतनामबीच असोज २३ र २८ गते (अक्टोबर ९ र १४) एसियन कप छनोटको खेल हुनेछ। नेपालले होमको खेल पनि त्यही खेल्नेछ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.