default_image

1 month ago

October 7, 2025

नेपालले इरान र भारतसँग खेल्ने

569 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अर्को महिना दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत र इरानसँग खेल्ने मंगलवार जानकारी दिएको छ। दुबै खेल भारतको सिलोङमा हुनेछ।

नेपालले पहिलो खेल कात्तिक ७ गते (अक्टोबर २४) इरान र कात्तिक १० गते आयोजक भारतसँग खेल्नेछ। यसअघि नेपाल र भारतबीच सिक्किममा खेल हुने तय भएको थियो।

नेपाली महिला टोलीले पछिल्लो पटक जुलाईमा एएफसी एसियन कप छनोट खेलेको थियो। उज्वेकिस्तानसँग अंक, गोलअन्तर सबै बराबरी भएपछिको पेनाल्टी सुटआउटमा पराजित हुँदै नेपाल छनोटबाट बाहिरिएको थियो।

महिला टोलीका लागि एन्फाले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनले प्रारम्भिक टोलीको नाम सार्वजनिक गरिसकेका छन्।

हाल व्यवसायिक फुटबलका लागि राष्ट्रिय टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ न्युजिल्यान्ड, गोलकिपर एन्जिला तुम्बापो सुब्बा भारत र प्रीति राई जोर्डनमा छिन् ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.