default_image

9 years ago

March 25, 2017

फुटबल र क्रिकेट टोली आज एकै दिन यात्रामा निस्कदै

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदका दुई लोकप्रिय खेलका राष्ट्रिय टोली एकै दिन शनिबार विदेश यात्रामा निस्कदैछ । नेपाली फुटबल टोली एसियन कप छनोटको अवे खेलका लागि फिलिपिन्स र क्रिकेट टोली बंगलादेशमा आयोजना हुने इमर्जिङ कप खेल्नका लागि त्यसतर्फ प्रस्थान गर्दैछ ।

cricfoot
संयोगले दुवै टोलीको खेल एकै दिन चैत १५ गते पनि परेको छ । नेपाली फुटबल टोलीले रिजाल रंगशालामा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नुअघि उता नेपाली क्रिकेट टोलीले आयोजक बंगलादेशसँग खेल्नेछ । फुटबल टोली फिलिपिन्ससँगको एउटा अवे खेल खेलेर फर्कनेछ भने क्रिकेटमा नेपालले समूह चरणका कम्तीमा तीन खेल खेल्नेछ ।

नेपालले चैत १४ मा पाकिस्तानसँग खेल्दै इमर्जिङ कपको सुरुआत गर्नेछ । चैत १५ मा बंगलादेशसँग खेलेपछि नेपाली टोलीले चैत १७ मा हङकङको सामना गर्नेछ । क्रिकेट टोली आज साँझ ५ बजे बंगलादेश र फुटबल टोली राती ११ बजे फिलिपिन्सका लागि प्रस्थान गर्नेछ ।

दुवै टोलीका प्रशिक्षकले सफलताको आशा गरेका छन् । क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले कम्ती दोस्रो चरण पुग्ने लक्ष्य लिइएको बताएका छन् । नेपाल टोलीले गत महिनाको अन्त्यमा केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेलेको थियो । त्यसमा फागुन २८ गतेको पहिलो खेल ५ विकेटले गुमाएपछि नेपालले दोस्रो खेल फागुन ३० गते ७ विकेटले जितेको थियो ।

पेटको शल्यक्रियापछि पूर्ण रुपमा फिट नभएका कारण त्यो दुई खेल गुमाएका नियमित कप्तान पारस खड्कासहित शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामीलाई यसपटक आराम दिइएको छ । नयाँ खेलाडीलाई अनुभव बटुल्ने मौकाका रुपमा पनि बंगलादेश यात्रालाई प्रशिक्षक टमाटाले हेरेका छन् । नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा इमर्जिङ कप खेल्नेछ ।

उता फुटबल टोलीका जापानी मुख्य प्रशिक्षक ग्यातुको कोजीले फिलिपिन्स नेपालभन्दा स्तरीय टोली भएपनि जितका लागि प्रयास गर्ने बताएका छन् । मैत्रीपूर्ण खेल विना फिलिपिन्ससँग खेल्नुपर्दा केही कठिनाई भने पक्कै हुने उनको अनुमान छ । कप्तान विराज महर्जनले सके जित नत्र कम्तीमा बराबरी गर्ने लक्ष्यका साथ टोली यात्रामा निस्कन लागेको बताएका छन् ।

कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक एसियन कप छनोट खेल्ने अवसर पाएको हो । झन्डै ५ महिनापछि नेपाली टोली मैदान उत्रने तयारीमा छ । समूह एफमा नेपाल र फिलिपिन्ससहित यमन र ताजकिस्तान रहेका छन् ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.