9 years ago
April 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासिय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले स्पोर्टस अवार्ड नाइटको आयोजना गर्दै नेपालबाट गएका तीन खेलाडी र अस्ट्रेलियामा बस्दै आएका अन्य खेलाडीलाई सम्मान गरेको छ । खेलकुदमार्फत देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उचो बनाउने खेलाडीलाई सम्मानको परम्परा थालेको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।

एनआरएन अस्ट्रेलियाले आइतबारको अवार्डका लागि नेपालबाट राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ, स्ट्राइकर नवयुग श्रेष्ठ र राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाहलाई बोलाएको थियो ।
सो अवसरमा अस्ट्रेलियामा रहेका पूर्व राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरिएको थियो । जसमा क्रिकेटका यशवन्त सुवेदी, प्रेम चौधरी, अमृत भट्टराई, उसुकी विनित महर्जन, राजु महर्जनलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम अस्ट्रेलियाका लागि नेपालका कार्यवहाक राजदुत राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]