9 years ago
April 17, 2017
म्याड्रिड (एजेन्सी)- म्यानचेस्टर युनाईटेडका प्रशिक्षक एवं रियल म्याड्रिडका पुर्व प्रशिक्षक जोसे मोउरिन्होले आफु पुरानो क्लबमा छँदा आफैंले ल्याएको खेलाडीलाई म्यानचेस्टर युनाईटेड ल्याउन लागेका छन्।

सन् २०११मा मोउरिन्हो रियल म्याड्रिडमा छँदा उनले फ्रान्सका डिफेन्डर राफेल भारानलाई बर्नाबाउ ल्याएका थिए। म्याड्रिडको टोलीमा जिनेदिन जिदान प्रशिक्षक भएदेखि भारानले पहिलो टिममा खासै मौका पाएका छैनन्। प्रशिक्षक जिदानले पेपे र सर्जियो रामोसलाई मौका दिइरहेको छन् भने नाचो फर्नान्डेज पनि पेपेको अनुपस्थितिमा खेलिरहेका छन्।
म्याड्रिडले सहि भाउ आएमा भारानलाई क्लब छाड्न दिने बुझिएको छ। स्पेनिस मिडियाले जनाए अनुसार म्याड्रिडले ५० मिलियन युरोमा कुनै क्लब आए भारानलाई बेच्नेछ। युनाईटेडलाई हाल डिफेन्डर चाहिएको र आफुले बुझेको खेलाडीलाई भित्र्याउन मोउरिन्हो पनि उत्सुक रहेका छन्।
२३ वर्षीय भारानलाई मोउरिन्होले चेल्सीमा छँदा पनि आफ्नो टोलीमा ल्याउन खोजेका थिए तर म्याड्रिडले त्यस समयमा बेच्न चाहेको थिएन।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]