default_image

7 years ago

April 17, 2017

म्युनिखसंगको खेलमा बेल नखेल्ने पक्का

म्याड्रिड (एजेन्सी) – चोटका कारण रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल च्याम्पियन्स लिग अन्तर्गतको बायर्न म्युनिखविरुद्धको अन्तिम ८ को खेलको दोस्रो लेग गुमाउने पक्का भएको छ । बायर्नसंगको पहिलो लेगमा चोटका कारण दोस्रो हाफमा बाहिरिएका रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले दोस्रो लेग गुमाउने पक्का भएको हो । खुट्टामा लागेको चोटका कारण करिब ३ महिना मैदान बाहिर रहेका बेलले पूर्ण […]

62 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – चोटका कारण रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल च्याम्पियन्स लिग अन्तर्गतको बायर्न म्युनिखविरुद्धको अन्तिम ८ को खेलको दोस्रो लेग गुमाउने पक्का भएको छ ।

Gareth Bale

बायर्नसंगको पहिलो लेगमा चोटका कारण दोस्रो हाफमा बाहिरिएका रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले दोस्रो लेग गुमाउने पक्का भएको हो । खुट्टामा लागेको चोटका कारण करिब ३ महिना मैदान बाहिर रहेका बेलले पूर्ण रुपमा फिट नहूँदै पीडौलामा हल्का चोट बोकेका थिए ।

बेलले म्युनिखसंगको पहिलो लेगको खेलपछिको प्रशिक्षणमा भाग लिएनन् भने स्पोर्टिंग गिजोनसंगको खेलमा पनि मैदान बाहिर थिए। पहिलो लेगमा २-१ को अग्रता बनाएको म्याड्रिडले बुधबार घरेलु मैदानमा म्युनिखलाई निम्त्याउँदै छ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.