9 years ago
April 19, 2017
म्याड्रिड(एजेन्सी) – युरोपेली च्याम्पीयन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा विजयी हुँदै घरेलु टोली रियल म्याड्रिड सेमीफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा २-१को जित दर्ता गरेको म्याड्रिडले मंगलबारको खेलमा बायर्नले पुनरागमन गर्दै अतिरिक्त समयतर्फ तानेपछि अतिरिक्त संयको ३ गोलको मद्दतले जित दर्ता गरेको थियो।

निर्धारीत समयको खेल २-१मा बायर्नको पक्षमा रहेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो। खेलको ५३औं मिनेटमा बायर्नले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। क्यासेमिरोले रोबेनलाई बक्सभित्र लडाएपछि बायर्नले पेनाल्टी पाएको थियो। लेवान्डोस्कीले पेनाल्टीमा कुनै गल्ती नगरेपछि बायर्नको आशा जागेको थियो। तर, ७६औं मिनेटमा क्यासेमिरोको क्रसमा हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले म्याड्रिडलाई खेलमा पुन फर्काए।
१० खेलाडीमा सिमित बायर्नले अतिरिक्त समयमा ३ गोल खाएपछि समग्रमा ६-३को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो। क्रिस्टियानो रोनाल्डोले १०५औं मिनेटमा सर्जियो रामोसको पासलाई सदुपयोग गर्दै म्याड्रिडलाई अग्रता दिलाएका थिए भने त्यसको पाँच मिनेटपछि मार्सेलोको पासमा अर्को गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे। मार्को एसेन्सियोले ११२औं मिनेटमा गोल गर्दै प्रतियोगिताको सेमिफाइनलमा रियलको नाम सुनिश्चित पारेका थिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]