default_image

9 years ago

April 19, 2017

बार्सिलोनालाई कमब्याकको चुनौती

146 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलको जस्तै दोस्रो लेगमा पुनरागमन गर्न सक्ला ? आज राती युभेन्ट्सविरुद्ध हुने क्वार्टरफाइनलको दोस्रो लेगमा नतिजा उल्टाउन नसके बार्सिलोना प्रतियोगिताबाट बाहिरिनेछ।

बार्सिलोनाले प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पछि परेको स्थितिमा दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै ६–१ को प्रभावशाली जितसहित समग्रमा ६–५ को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । तर, क्वार्टरफाइनलमा आइपुग्दा बार्सिलोना पहिलो लेगमा युभेन्ट्ससँग ३–० ले पराजित भएको थियो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा बुधबार राती इटालियन क्लबलाई निम्त्याउदा पुनरागमनको चुनौती हुनेछ । बार्सिलोनालाई सेमिफाइनल प्रवेशका लागि बुधबार राति हुने क्वार्टरफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमनसहितको निश्चित जित आवश्यक हुनेछ । जित निकाल्न नसकेको खण्डमा बार्सिलोना लगातार दोस्रोपटक क्वार्टरफाइनलबाटै बाहिरिने पक्का छ ।

इटालियन डिफेन्स लाइनलाई विश्व फुटबलमा निकै उत्कृष्ट मानिन्छ । यस्तै अवस्थामा युभेन्टसविरुद्धको खेलमा बार्सिलोनालाई पुनरागमन गर्न भने कठिन हुने देखिन्छ । तर, फुटबलमा भन्न सकिने अवस्था केही पनि छैन । बार्सिलोनाका तीन अट्याकर लियोनेल मेस्सी, लुइस स्वारेज र नेयमारले खेललाई जुनसुकै बेला पनि खेललाई परिवर्तन गर्न सक्छ । उनीहरुलाई कप्तान आन्द्रेस इनिष्टा, इभान राकिटिकले साथ दिदा डिफेन्स लाइनमा जेरार्ड पिकेको साथ रहनेछ ।

पहिलो लेगमा बार्सिलोनाविरुद्ध २ गोल गरेका अर्जेेन्टिनी युवा प्रतिभा पाउलो डिब्यालाले दोस्रो लेगमा खेल्नेमा अनिश्चित रहँदा त्यसको फाइदा बार्सिलोनालाई हुनेछ । राफिन्हा र एलेक्स भिडाल घाइते भएका कारण टिमबाट बाहिरिदा आद्रा तुरान, जेभियर मस्केरानो खेल्ने अनिश्चित रहँदा यो बार्सिलोनाका लागि लागि टाउको दुखाई बन्न सक्छ । बार्सिलोनाकै पूर्व लेफ्ट ब्याक डेनी आल्भेस बार्सिलोनाको जितमा बाधक बन्न सक्नेछ ।

यता पहिलो लेगमा उत्कृष्ट जित निकालेको युभेन्टसले भने अघिल्लो चरण प्रवेशका लागि २–० को हारमा सम्म पनि टोली अन्तिम चारमा पुग्नेछ । ३–० ले पराजित भएमा भने खेल थप समयमा जानेछ । युभेन्ट्सले अग्रता लिएमा भने बार्सिलोनाका लागि निकै कठिन हुनेछ । डिब्याला बार्सिलोनाविरुद्ध खेल्ने अनिश्चित भएपनि युभेन्टससँग विश्स्तरका भेट्रान गोलरक्षक जियानलुजी बुफोन, डिफेन्डर जर्जियो चिलियानी र गोन्जलो हिग्विन जस्ता खेलाडीहरुको साथ छ । सन् २०१५÷१६ को सिजनमा युभेन्टस फाइनलमा बार्सिलोनासँग पराजित भएको थियो ।

च्याम्पियन्स लिगकै अर्काे खेलमा बुधबार राति जर्मन क्लब बोरुसिया डर्टमण्डले मोनाको सँग खेल्दैछ । डर्टमण्डको मैदानमा भएको पहिलो लेगमा मोनाको ३–२ ले विजयी भएको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.