default_image

7 years ago

April 20, 2017

रियलबाट युवा मिडफिल्डर भित्राउने लिभरपुलको तयारी

म्याड्रिड (एजेन्सी)– लिभरपुल फुटबल क्लबले ट्रान्सफर विन्डोको सुरुवातसंगै रियल म्याड्रिडका युवा मिडफिल्डरलाई एनफिल्ड भित्राउन सम्भावना बढेको छ । लिभरपुलका प्रशिक्षक योर्गन क्लप रियलबाट मार्को एसेन्सियोलाई किन्न इच्छुक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसघि रियल कै हामेस रोड्रिग्वेजसंग जोडिएको लिभरपुलले एसेन्सियोलाई भित्राउन रियललाई ४२ मिलियन पाउन्ड (करिब ६ अर्ब नेपाली रुपैयाँ) सम्म खर्च गर्न […]

40 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– लिभरपुल फुटबल क्लबले ट्रान्सफर विन्डोको सुरुवातसंगै रियल म्याड्रिडका युवा मिडफिल्डरलाई एनफिल्ड भित्राउन सम्भावना बढेको छ । लिभरपुलका प्रशिक्षक योर्गन क्लप रियलबाट मार्को एसेन्सियोलाई किन्न इच्छुक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

Asenio

यसघि रियल कै हामेस रोड्रिग्वेजसंग जोडिएको लिभरपुलले एसेन्सियोलाई भित्राउन रियललाई ४२ मिलियन पाउन्ड (करिब ६ अर्ब नेपाली रुपैयाँ) सम्म खर्च गर्न तयार रहेको बताइएको छ ।

रियलले २ बर्षअघि एसेन्सियोलाई हाल स्पेनिस लिगको दोस्रो डिभिजन खेलिरहेको डिपोर्टिभो मार्लोकाबाट झन्डै ३ मिलियन पाउन्डमा किनेको थियो ।

ग्यारेथ बेल चोटको कारण मैदान बाहिर रहँदा मौका पाएका एसेन्सियोले राम्रो प्रदर्शन गरेपछि उनी क्लपको नजरमा परेका हुन् । रियलका लागि २९ खेलमा उनले ९ गोल गर्दै ३ गोलमा असिस्ट पनि गरेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.