default_image

9 years ago

April 21, 2017

‘एल क्लासिको’ अन्तिम मौका – इनियस्टा

146 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – युभेन्टससंगको पराजय पछि च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाका मिडफिल्डर एनड्रेस इनियस्टाका अनुसार सोमबार हुने एल क्लासिको बार्सिलोनाको लागि सिजनको अन्तिम अवसर हुनेछ ।

Iniesta

च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाले आफ्नो ध्यान रियल मड्रिडसंगको खेलमा केन्द्रित गर्ने इनियस्टाले बताएका छन् । ‘च्याम्पियन्स लिगबाट बाहिरिदा हामी अत्यन्तै निराश छौ । तर, बाकी रहेको संभावनाका लागि लड्न हामी तयार छौं,’उनले भने,‘ रियलसँगको खेल हाम्रो लागि अन्तिम अवसर हो । तसर्थ हामीले राम्रोसंग खेल्नुपर्नेछ । ’

युभेन्टससंग दुवै लेगमा गोल गर्न नसक्दा च्याम्पियन्स लिगको अन्तिम ८ बाट बाहिरिएको बार्सिलोनाले पहिलो लेगमा ३–० को हारको सामाना गरेको थियो भने गए राती दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।

स्पेनिस ला लिगामा रियल भन्दा १ खेल बढी खेलेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा ३ अंकले पछि छ । रियलसँग हारको सामना गरे बार्सिलोनाको यो जित लिग उपाधि जित्ने सम्भावना कमजोर हुनेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.