9 years ago
April 21, 2017
म्यानचेस्टर (एजेन्सी) – युरोपा लिगको क्वार्टरफाइनल खेलको दोश्रो लेगमा म्यानचेस्टर युनाईटेडले एन्द्रेलेविरुद्ध २-१को जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

युनाईटेडको घरेलु मैदान वर्ल्ड ट्राफर्डमा भएको खेलको १०औं मिनेटमा हेनरिक मिखितार्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, ३२औं मिनेटमा सोफियाने हान्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
गतसाता बेल्जियममा भएको पहिलो लेगको खेल १-१को बराबरीमा समाप्त भएको थियो। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटतर्फ धकेलिएको थियो।
खेलको १०७औं मिनेटमा मराउन फेलाइनीको पासलाई सदुपयोग गर्दै मार्कय र्यासफर्डले गोल गरेपछि युनाईटेडले खेलमा अग्रता लिएको थियो। दुवै टोलीबाट थप गोल नभएपछि युनाईटेडले समग्रमा ३-२को जित दर्ता गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको थियो।
यसैगरी लियोनले बेसिक्टासलाई सडन डेथमा हराउँदै सेमिफाइनल पुग्यो। आयाक्स पनि साल्कालाई समग्रमा ४-३ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो। सेल्टा भिगोे जेन्कलाई ४-३ले पराजित गर्दै सेमिमा पुग्ने चौथो टोली बनेको हो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]