default_image

8 years ago

April 21, 2017

बेल प्रशिक्षणमा फर्किए , ‘एल क्लासिको’मा खेल्न सक्ने

85 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र बायर्न म्युनिखको क्वार्टरफाइनल खेल चोटका कारण गुमाएका स्टार मिडफिल्डर ग्यारेथ बेल पुन: प्रशिक्षणमा फर्किएका छन् ।

Bale

बायर्नसंगको पहिलो लेगमा चोटका कारण दोस्रो हाफमा बाहिरिएका रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले त्यसयताको खेल खेलेका थिएनन्। बायर्नसंगको पहिलो लेगको खेलमा दोस्रो हाफमा मैदानबाट बाहिरिएका बेलले भोलीपल्ट रियलको प्रशिक्षणमा भाग लिएका थिएनन। त्यसयता विश्राममा रहेका बेलले ला लिगामा स्पोर्टिंङ गिजोनसँगको खेल र बायर्नसंगको दोस्रो लेगको खेल गुमाएका थिए।

बिहिबार रियलको प्रशिक्षणमा देखिएका बेलले आइतबार हुने बार्सिलोनासंगको महत्वपूर्ण खेलबाट मैदानमा फर्किन सक्नेछन्।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.