9 years ago
April 23, 2017
बार्सिलोना (एजेन्सी) – नेयमारको प्रतिबन्धमा पुनरावलोकन गर्न कोर्ट अफ आर्बिट्रेसन (कास/टाड) समक्ष दबाव दिदै आएको बार्सिलोनाले ‘एल क्लासिको’ अघि नेयमारलाई नखेलाउने बताएको छ ।

बार्सिलोनाले आधिकारिक विवरणमा कासले खेल सुरु हुनुभन्दा १२ घण्टा अघि सम्म कुनै निर्णय नदिदा नेयमारलाई नखेलाउने बताएको छ । ‘कानुनी अनिश्चितताको बिचमा कासले खेल सुरु हुनुभन्दा १२ घण्टा पहिले सम्म कुनै निर्णय नदिदा हामीले नेयमारलाई नखेलाउने भएको छौ ‘ , बार्सिलोनाको विवरणमा लेखिएको थियो ।
स्पेनिस अपिल समितिले यसअघिको अपिल खारेज गरेपछि शुक्रबार कास समक्ष अपिल गरेको बार्सिलोनाको बुझाइ अनुसार कासले आफ्नो निर्णय प्रकट नगरेसम्म नेयमारको प्रतिबन्ध मुद्दा तामेली हुने कारणले उनले रियल म्याड्रिडसंगको खेल खेल्न पाउनु पर्ने थियो । तर कासले नेयमारलाई खेलाए बार्सिलोनाले कडा सजाय भोग्न सक्ने चेतावनी दिएपछि बार्सिलोना अन्तिम समयमा पछि हटेको हो ।
स्पेनिस ला लिगामा मालगासंगको खेलमा रातो कार्डको सामना गरेका नेयमारले रेफ्रीलाई व्यंग्यात्मक रुपमा ताली बजाउदै मैदान बाहिरिएका थिए । त्यसमा थप कारवाही स्वरुप दुई खेलमा प्रतिबन्ध गरेपछि उनले ३ खेल खेल्न नपाउने भएका छन् । ३ मध्य १ खेल भने उनले प्रतिबन्धमा बिताई सकेका छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]