9 years ago
April 23, 2017
लण्डन (एजेन्सी)- आज भएको प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीबिरुद्द २-०को जित हात पारेको छ। यस नतिजा पश्चात म्यानचेस्टर युनाइटेडले लिगमा चौथो स्थानमा पुग्दै च्याम्पियन्स लिग खेल्ने आशा मजबुत बनाएको छ।

४१ बर्षपछि बर्नलीलाई अवे खेलमा पराजित गरेको म्यानचेस्टर युनाइटेडका लागि कप्तान वयन रूनी र एन्थोनी मार्सलले गोल गरेका थिए। खेलको २१औ मिनेटमा मार्सलले हरेराले दिएको पासलाई ट्याप इन गर्दै युनाइटेडलाई आग्रता दिलाएका थिए। पहिलो गोल पछि निरन्तर आक्रमण गरेको म्यानचेस्टर युनाइटेडले ३९औ मिनेटमा दोस्रो गोल गरेको थियो। मार्सलले दिएको पासलाई रुनीले ६ यार्ड बक्स भित्रबाट उत्कृष्ट ढंगले प्रहार गर्दै गोल गरेका थिए। त्यस पश्चात खेलमा कुनै गोल हुन नसकेपछि खेल २-०मै सकिएको थियो।
यस नतिजा पश्चात ५औ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड एक खेल बढी खेल्दै तेस्रो स्थानमा रहेको लिभरपुल भन्दा ३ अंकले पछाडी छ। १५ स्थानमा रहेको बर्नलीपनि रेलिगेशनबाट ५ अंक माथि रहेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]