9 years ago
April 23, 2017
लण्डन (एजेन्सी)- म्यानचेस्टर सिटीलाई २-१ले पराजित गर्दै अर्सेनल एफए कपको फाईनलमा प्रवेश गरेको छ। आज भएको सेमीफाईनल खेल निर्धारित ९० मिनेटमा १-१को बराबरीमा सकिए पछि अतरिक्त समयमा धकेलिएको खेलमा अर्सेनल २-१ले बिजयी भएको हो। अर्सेनलले फाईनलमा अर्को लण्डन टोलि चेल्सीको सामना गर्ने छ।

यस सिजन यस प्रतियोगिता बाहेक अर्को जित्ने सम्भावना नभएको दुवै टोलीको लागि आलोचकलाई चुप लगाउन पनि नजिता आफ्नैतर्फमा पार्न पर्ने दबाब थियो। पहिलो हाफमा दुवै टोलीले प्रयास गरेपनि गोल हुन सकेको थिएन्। खेलको पहिलो गोल ६२औ मिनेटमा सर्जियो अगुईरोले गरेका थिए तर त्यसको ९ मिनेटपछिनै नाचो मोनरियलले बराबरी गोल गरेका थिए। ९०मिनेटसम्म १-१को बराबरी भएपछि खेल अतरिक्त समयमा धकलिएको थियो।
अतरिक्त समयको पहलो हाफको ११औ मिनेटमा स्यान्चेजले गरेको गोलनै आर्सनलको लागि फाईनल पुग्न निर्णायक हुन पुग्यो। खेलको म्यान अफ द म्याच अक्सलेड च्याम्बर्लिन घोषित भए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]