default_image

9 years ago

April 24, 2017

रियलको मैदानमा मेस्सी नायक

212 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – लियोनेल मेस्सीले खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा विजयी गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ ले पराजित गरेको छ।

नेयमार बिना नै मैदान उत्रेको पाहुना टोली बार्सिलोनाको लागि लियोनेल मेस्सीले २ गोल गरेका हुन्। खेलअघि लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडलाई दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३-२ ले पराजीत गर्दै तीन अंक बटुल्दै लिगको शीर्ष स्थानमा पुगेको छ। बार्सिलोनाले जीत संगै रियल म्याड्रिडसंग अंक बराबरी गरेको छ ।

बार्सिलोनाका लागि मेस्सीले ३३औं मिनेटमा र ९०+२औं मिनेटमा गोल गरेका थिए भने ७३औं मिनेटमा राकिटिचले गोल गरेका थिए। रियल म्याड्रिडका लागि २८औं मिनेटमा क्यसिमेरोले र जेम्स रोड्रीग्वेजले ८५औं मिनेटमा गोल गरेका थिए। यसअघि खेलको ७७औं मिनेटमा सर्जियो रामोस रातो कार्ड खादैं मैदानबाट बाहिरिएको थिए।

यस २ गोलसंगै उनको बार्सिलोनाबाट ५०० गोल पनि पुरा भएको छ।

हाइलाइट्स

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.