9 years ago
April 24, 2017
माले (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्स क्लबले माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमिएर लिगमा आफ्नो पहिलो हार व्येहोरेको छ।
लिगको चौथो खेलमा टिसी स्पोर्ट्स न्यु रेडीएन्ट क्लब संग २-१ले पराजित भएको हो। न्यु रेडीएन्टका गल्लार्डो भाल्डेसले खेलको १७औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफ १-०ले पछि परेको टिसी स्पोर्ट्सले दोश्रो हाफको ५७औं मिनेटमा अर्को गोल खाएको थियो। न्यु रेडीएन्टका अब्दुल्ला फहमीले गोल गर्दै खेलमा पकड बलियो बनाएका थिए।
तर, टि.सी. स्पोर्ट्सका लागि इब्राहिम मधुहीले ६७औं मिनेटमा गोल गर्दै खेलमा फर्कने आशा जगाएका थिए। थप गोल हुन नसकेपछि खेलमा न्यु रेडीएन्टले जित हात पारेको थियो।
यस जित संगै न्यु रेडीएन्ट लिग तालिकामा शीर्षस्थानमा उक्लिएको छ। ५ खेलमा ४ जित र १ हार सहित उसको १२ अंक रहेको छ। यस खेल अघि अपराजित रहेको किरणको टोलीले भने ४ खेलमा २ जित, १ बराबरी र १ हार सहित ७ अंक बोकेर लिगको चौथो स्थानमा रहेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]