9 years ago
April 25, 2017
म्यानचेस्टर (एजेन्सी) – यसै सिजनको सुरुवातमा म्यानचेस्टर सिटीको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका स्पेनिस प्रशिक्षक पेप गुआर्डीओला आफ्नो करियरमै पहिलोपटक उपाधिविहीन हुने भएका छन्।

आइतबार भएको एफ.ए. कपको सेमिफाइनलमा आर्सनलसंग २-१को पराजय भोगेसंगै सिटीको यस सिजन उपाधि जित्ने सम्भावना सकिएको हो। लिग कप र च्याम्पियन्स लिगमा आफ्नो यात्रा यसअघि नै टुंग्याइसकेको सिटी प्रिमिएर लिगमा चौथो स्थानमा रहेको छ। ३२ खेल खेल्दै ६४ अंक बोकेको सिटि शीर्षस्थानमा रहेको चेल्सीभन्दा ११ अंकले पछाडी रहेको छ। चेल्सीको तुलनात्मक रुपमा सजिलो खेलहरु रहेको र फर्ममा रहेका कारण उसको पोल्टाबाट सिटीले उपाधि खोस्न अविश्वसनिय नतिजा आउनुपर्ने हुन्छ।
सन् २००८मा बार्सिलोनाको मुख्य प्रशिक्षकको जिम्मा पाएका गुआर्डीओलाले आफ्नो पहिलो ३ सिजनमा ३ लिग उपाधि जित्दै तहल्का मच्चाएका थिए। आफ्नो पहिलो सिजनमा ६ उपाधि भित्र्याएका गुआर्डीओलाले बार्सिलोनासंग रहेर ३ ला लिगा, २ कोपा डेल रे, ३ स्पेनिस सुपर कप, २ च्याम्पियन्स लिग, २ यूएफा सुपर कप र २ क्लब विश्व कप जितेका थिए।
सन् २०१३मा बायर्न म्युनिख पुगेका गुआर्डीओलाले त्यहाँ रहेको ३ सिजननै घरेलु लिगको उपाधि जितेका थिए। ३ मध्ये २ सिजनमा लिग कपको उपाधि जिताएका उनले यूएफा सुपर कप र क्लब विश्वकप उपाधि पनि आफ्नो पोल्टामा पारे।
म्यानचेस्टर सिटिमा ३ वर्षे अनुबन्धन गरेका गुआर्डीओलाले सिजनको सुरुवात देखिनै उपाधि जित्न नसके आफु क्लबमा रहेको औचित्य नरहने बताएका थिए। तर, उनको भविष्यको बारेमा हालसम्म केहि नयाँ खबर भने क्लबले दिएको छैन।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]