default_image

9 years ago

April 25, 2017

न्युकासलको प्रिमिएर लिगमा पुनरागमन

172 views

0 Bookmark

एजेन्सी – मंगलबार राती भएको च्याम्पियनसिपको खेलमा प्रेष्टन नर्थ एण्डलाई ४-१ले पराजित गर्दै न्युकासल युनाइटेडले अर्को सिजन प्रिमिएर लिग खेल्ने पक्का गरेको छ।

गत सिजन प्रिमिएर लिगबाट दोश्रो श्रेणीमा झरेको न्युकासलले प्रशिक्षक राफाएल बेनिटेज लगायत आफ्ना मुख्य खेलाडीहरुलाई क्लबमै राखेको थियो। दोश्रो श्रेणीको लिगको अन्तिम २ चरण बाँकी रहँदै न्युकासलको बढुवा पक्का भएको हो।

अयोजे पेरेजको सातौं मिनेटको गोलसंगै खेलमा अग्रता बनाएपनि प्रेष्टनका ह्युगिलले १४औं मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए। क्रिस्टिएन आट्सुको ४५औं मिनेटको गोलले घरेलु टोलीले पुन: अग्रता बनाएको थियो। दोश्रो हाफको ७५औं म्याट रिचिले पेनाल्टिबाट गोल गर्दै अग्रता दोब्बर पारे भने त्यसको दुई मिनेटपछि अयोजे पेरेजले पुन: गोल गर्दै जित पक्का गरेका थिए।

यसअघि गत साता मात्र ब्राइटन एण्ड होभ आल्बिएनले प्रिमिएर लिगमा आफ्नो स्थान पक्का गरेको थियो। प्रिमिएर लिगबाट प्रत्यक सिजन ३ टोली घटुवा हुन्छन् भने दोश्रो श्रेणीका ३ टोली बढुवा हुन्छन्। दोश्रो श्रेणीको शीर्ष २ टोली सिधै बढुवा हुने प्रावधान रहेको छ। तेश्रो टोलीको छिनोफानो भने तेश्रो देखि छैठौं स्थानको टोलीबिच प्लेअफ खेलेर निर्धारण गरिन्छ।

ब्राइटनको ४४ खेलमा ९२ अंक छ भने न्युकासलले उत्तिनै खेलमा ८८ अंक जोडेको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.