default_image

9 years ago

April 25, 2017

‘म्याड्रिडका खेलाडिले मेस्सीलाई घाइते बनाउन खोजे’ – म्याड्रिडका पुर्व प्रशिक्षक कापेलो

169 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका पुर्व प्रशिक्षक फाबियो कापेलोले यसै साता सम्पन्न एल क्लासिकोका दौरान रियल म्याड्रिडका खेलाडीहरुले जिनाजान बार्सिलोनाका स्टार फरवार्ड लियोनेल मेस्सीलाई घाइते बनाउन खोजेको आरोप लगाएका छन्।

कापेलोले म्याड्रिडका खेलाडीहरुले लगातार मेस्सीलाई फल हानेर उनलाई घाइते बनाउन खोजेको अभिव्यक्ती दिएका हुन्। क्लासिकोका दौरान इटालीको फक्स स्पोर्टसमा कमेन्टेटरको भुमिका निभाएका कापेलोले म्याड्रिडको खेलाडीहरुको यस्तो व्यवहारले आफुलाई घृणा लागेको बताए।

उनले सर्जियो रामोसले मेस्सीलाई प्रहार गरेको ट्याकललाई ‘अपराधिक’ रहेको संज्ञा दिए। रामोसलाई उक्त ट्याकल गरेकोमा रेफ्रीले रातो कार्ड देखाएका थिए। मेस्सीलाई उक्त खेलमा मार्सेलोले रक्ताम्य हुनेगरी कुइनोले मुखमा हानेका थिए भने क्यासेमिरोले पनि पहिलो हाफमै तिन पटक नराम्रो फल हानेका थिए।

म्याड्रिडमा प्रशिक्षकको भुमिका निभाउँदै दुई ला लिगाको उपाधि जितेका कापेलोेले रामोसको आलोचना गरे। क्लासिकोमा पाँचौ रेड कार्ड खाएका रामोसले अत्याधिक शक्ति प्रयोग गर्दै मान्छेलाई केन्द्रित रहेर फल हानेको उनले बताए।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.