9 years ago
April 25, 2017
म्याड्रिड (एजेन्सी) – बार्सिलोनासंगको एल क्लासिकोमा पुनः चोट बोकेका रियल म्याड्रिडका ग्यारेथ बेलले च्याम्पियन्स लिगको सेमिफाइनल खेल गुमाउने पक्का भएको छ ।

यसअघि करिब ३ महिना मैदान बाहिर बिताएका बेलले खेलमा पुनरागमन पछिको छोटो समयपछि पुनः चोट बोकेका थिए । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसंगको पहिलो लेगमा घाइते भएका उनि दोस्रो लेगका लागि पनि उपलब्ध थिएनन् । त्यसपछि ला लिगामा बार्सिलोनासंगको २-३ को हारमा फर्किएका बेल पुनः चोटको सिकार भएका छन् ।
पिडौलाको मांसपेशी च्यातिएपछि उनले सेमिफाइनलको दुवै खेल गुमाउने रियल म्याड्रिडले जनाएको छ । बेल करिब १ महिना मैदान बाहिर रहने अनुमान लगाइएको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]