default_image

9 years ago

April 26, 2017

चेल्सीको सहज जित

159 views

0 Bookmark

लण्डन (एजेन्सी) – इङलिस प्रिमिएर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको चेल्सीले साउथह्याम्पटनलाई ४-२ले पराजित गरेको छ।

खेलको पाँचौ मिनेटमै डिएगो कोष्टाको पासलाई सदुपयोग गर्दै एडेन हाजार्डले गोल गरेर चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए। तर, खेलको २४औं मिनेटमा चेल्सीका पुर्व खेलाडी ओरिओल रोमेउले खेललाई बराबरीमा ल्याए। ग्यारी केहिलले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेपछि चेल्सीले हाफ टाइममा २-१को अग्रता बनाएको थियो।

दोश्रो हाफको ५३औं मिनेटमा सेस फेब्रिगासको क्रसमा हेडीङ गोल गर्दै डिएगो कोष्टाले चेल्सीको अग्रता दोब्बर पारेका थिए। कोष्टाले ८९औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गरेपछि चेल्सीको जित पक्का भएको थियो। साउथह्याम्पटनका लागि ९०औं मिनेटमा चेल्सीकै अर्का पुर्वखेलाडी रायन बर्टर्यान्डले सान्त्वना गोल गरे।

उपाधि दौडमा अग्रपंक्तिमा रहेको चेल्सीले यस जितसंगै दोश्रो स्थानमा रहेको टोटेनहमसंग ७ अंकको अग्रता कायम गरेको छ। यद्दपी टोटेनहमले चेल्सीभन्दा १ खेल कम खेलेको छ। उसले बुधबार क्रिस्टल प्यालेसको सामना गर्दैछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.