9 years ago
April 26, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती भएको खेलमा भिल्लारीयालले घरेलु टोली एटलेटिको म्याड्रिडलाई १-०ले पराजित गरेको छ।

रोबर्टो सोरियानोको ८२औं मिनेटको गोल निर्णायक सावित भएको खेलमा भिल्लारीयालका गोलरक्षक आन्द्रेस फर्नान्डेजले केहि उत्कृष्ट बचाऊ गरेका थिए। एटलेटिको अर्को सिजनबाट आफ्नो घरेलु मैदान सर्न लागेको अवस्थामा अन्तिम तिन खेल बाँकी रहेको छ। पछिल्लो ११ खेलमा अपराजित रहेको एटलेटिको म्याड्रिडको यात्रामा पनि पूर्णविराम लागेको छ।
यी २ टोलीबिचको पछिल्लो खेलमा पनि भिल्लारीयाल ३-० ले विजयी भएको थियो। पछिल्लो ६ भेटमा एटलेटिकोले जम्मा १ जित दर्ता गर्न सफल रहेको छ।
हारसंगै एटलेटिको बार्सिलोना र म्याड्रिडभन्दा ७ अंकले पछाडी परेको छ। उसको चौथो स्थानमा रहेको सेभिल्ला भन्दा ३ अंक बढी छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]