म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्र्तगत डिर्पाेटिभो ला कोरुनाविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो नखेल्ने भएका छन् ।
खेल बुधबार राति डिर्पाेटिभोको घरेलु मैदानमा हुदैछ । क्लबले घोषणा गरेको १९ सदस्यीय टिममा ३२ वर्षीय रोनाल्डो छैनन् । रोनाल्डोलाई शनिबार भ्यालेन्सियाविरुद्धको खेल र एट्लेटिको म्याड्रिडविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनल खेलका लागि विश्राम दिइएको जनाएको छ ।
कप्तान सर्जियो रामोस प्रतिबन्ध र ग्यारेथ बेल चोटका कारण यसअघि नै टिमबाट बाहिरिएका थिए । रामोसले आइतबार राती भएको एल क्लासिकोमा ३–२ ले पराजित भएको खेलमा सिधै रातो कार्ड पाएका थिए । ला कोरुनाविरुद्धको खेलमा डिफेन्डर राफेल भरानेले भने पुनरागमन गर्दैछन् । भरानेले चोटका कारण तीन खेल गुमाएका थिए ।
ला लिगामा बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियलको ७५ अंक छ ।