10 years ago
October 16, 2015
काठमाडौं, असोज २९ गते ।
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मीले पुलिसलाई ३-०ले पराजित गरेको छ । यो नतिजाले आर्मीको दोस्रो स्थान पक्का भएको छ । नेपाल अर्मीको अहिले सम्मकै राम्रो नजिता हो यो पोजिसन लिगमा ।
चोटनै चोटले सताएको नेपाल पुलिस आज पनि आफ्ना प्रमुख खेलाडी बिनानै उत्रेको थियो । आर्मी भने आफ्नो सबै भन्दा बलियो टिम मैदानमा उतार्यो । भोली हुने लिगको अन्तिम खेल मा मनाङले खेल जितेमा मनाङ पहिलो र थ्री स्टार तेस्रो हुने छ भने अरु जुन सुकै नतिजाले थ्री स्टार पहिलो र मनाङ तेस्रो हुनेछ ।
पहिलो हाल्फको सुरुबाटनै दबाबमा खेलेको पुलिसले २९औं मिनटमा भरत खवासको पासमा टेक बहादुरले गोल गरेपछी पछी परेको थियो । लिग भरी नै कमजोर देखिएको पुलिसले दोस्रो हाल्फमा थप गोल खायो, नवयुगले ५१ र टंक बस्नेतले ८२ मिनटमा गोल गरे ।
सन्तोस तामाङ खेलको म्यान अफ द म्यात्च चुनिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]