10 years ago
October 17, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत अन्तिम खेलमा आज थ्रि स्टार र मनाङ उपाधिका लागि भिड्दै छन्|
३२ अंक रहेको थ्रि स्टारले बराबरी गरे उपाधि जित्नेछ भने ३१अंक सहित तेश्रो स्थानमा रहेको मनाङलाई जित हात पार्नु पर्नेछ| आर्मी ३३ अंक सहित दोश्रो स्थानमा पर्ने पक्का भइसकेको छ|
मनाङको टोलीमा गोलकिपर विशाल श्रेष्ठ र मिडफिल्डर सुजल श्रेष्ठ चोटका कारण उपलब्ध हुने छैनन भने फरवार्ड डोडोज खेल्ने नखेल्ने अन्यौलमा छन्|
थ्रि स्टारका लागि सन्दिप राई र सागर थापा नहुने पक्का भइसकेको छ| अहिलेको अवस्थामा खेलाडीहरुलाई मनोबैज्ञानिक असर पर्ने सम्भावना पनि छ| यस्तो अवस्थामा फरवार्ड सन्तोष साहुखल नहुँदा टोलीमा एक नेताको अभाव खड्कनेछ|
खेल दिनको दुई बजे एन्फा कम्पलेक्स सातदोबाटोमा खेलिनेछ|
मनाङ र थ्रि स्टारविचको खेलको सम्भावित ११ हेर्न यहाँ थिच्नुहोस|
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]