10 years ago
November 6, 2015
अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी खेलप्रेमीमाझ घृणा फैलाएको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच राष्ट्रिय खेलाडी र एक फिजियोथेरापिस्टलाई राष्ट्र विप्लवको अभियोगमा जन्मकैदसम्मको सजाय प्रस्ताव गरेको छ।
राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी तथा फुटबलका फिजियोथेरापिस्ट डेजिव थापालाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको हो, नागरिकन्युजले उल्लेख गरेको छ ।
प्रहरीको प्रस्तावित राय–सुझाव नै अन्तिम हैन, राय–सुझावसँगै समेटिएको प्रमाण, बयानका आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोग तयार पारी विशेष अदालतमा अभियोगपत्र दर्ता गर्नेछ। अभियोगपत्र तयार गर्दा अपराधअनुसार दण्ड–सजायको मागदाबी बदल्न सक्ने अधिकार भए पनि मागदाबीमा टेक्ने मुख्य आधार प्रहरीको राय–सुझाव प्रतिवेदन नै हो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]