10 years ago
November 10, 2015
काठमाडौं, कात्तिक २४
राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित पाँच खेलाडीलाई विशेष अदालतले मंगलबार धरौटीमा रिहा भएका छन् ।
म्याच फिक्सिङको आरोपमा असोज २७ गते सागर, अन्जन केसी, सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री पक्राउ परेका थिए । विशेषले थुनछेक वहसपछि अन्जन र रितेशलाई ५ लाख, सागरलाई १ लाख ५० हजार र सन्दीप र विकासलाई ५०÷५० हजार धौरटी लिएर छोड्न आदेश दिएको थियो ।
उनीहरुविरुद्ध जन्मकैदको काग गर्दै सरकारी वकिलको कार्यालयले राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएको थियो । विशेषबाट बाहिरिने क्रममा सागरले विशेषको आदेशबाट न्याय पाएको महसुस गरेको र अन्तिम फैसला पनि आफुहरुकै पक्षमा आउने विश्वास व्यक्त गरेका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]