10 years ago
December 8, 2015
नेसनल कलेजले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
कमलादीमा भएको फाइनलमा नेसनलले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) लाई १४–३ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेसनलका युनेश अवाले र विक्रान्तनरसिंह राणाले ४–४, मिलनबहादुर बानले ३, सविन सापकोटाले २ तथा निकेश पन्तले १ गोल गरे । एलएसीएमका धीरज पहारीले २ र समिर लामाले १ गोल फर्काए ।
उपाधिसंगै नेसनलले २० हजार नगद पुरस्कार हात पा¥यो भने एलएसीएमले १० हजारमा चित्त बुझायो ।
ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) द्वारा आयोजित प्रतियोगितामा कान्जिरोवाका श्रीकृष्ण श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । स्ट्राइकरमा नेसनलका विक्रान्तनरसिंह राणा, डिफेन्समा एलएसीएमका सोयल ताम्राकार तथा गोलरक्षकमा कान्जिरोवाका लक्ष्मण थापा उत्कृष्ट घोषित भए ।
विजेतालाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्ट, जसीआईका प्रिन्सिपल डा. करण ठगुन्ना तथा जसीआईअन्तर्गत एमबीएका कार्यक्रम निर्देशक डा. सीपी रिजालले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । शुक्रबारदेखि सुरु प्रतियोगितामा विभिन्न १६ कलेजका १७ टिम सहभागी थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]