8 years ago
October 13, 2017
क्विटो (एजेन्सी) –अनुशासनहीन कार्य गरेको भन्दै इक्वेडर फुटबल एसोसिएसनले आफ्ना पाँच खेलाडीलाई प्रतिबन्ध सुनाएको छ ।
विश्वकप छनोट अन्र्तगत दक्षिण अमेरिकी छनोटको अन्तिम खेलमा अर्जेन्टिनासँग घरेलु मैदानमै इक्वेडर ३–१ ले पराजित भएको थियो । उक्त खेलअघि इक्वेडरका पाँच खेलाडीहरु अनुशासनविपरित होटलभन्दा बाहिर गएको भन्दै इक्वेडर फुटबल एसोसिएसनले नाम नखुलाई आफ्ना पाँच खेलाडीलाई प्रतिबन्ध सुनाएको हो ।
प्रशिक्षक जर्ज सेलिकोको रिपोर्ट अनुसार पाँच खेलाडीहरु लुकीछिपी होटल छाडेर गएको तथ्यमा एकमत रहँदै एसोसिएसनले प्रतिवन्ध प्रक्रिया अघि बढाईएको अर्जेन्टिना फुटबल एसोसिएसनको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुलाई कति खेलमा प्रतिबन्ध सुनाइएको हो त्यो भने उल्लेख गरिएको छैन ।
यो खेलमा जित हात पारेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान बनाउन सफल भएको थियो । दक्षिण अमेरिकी छनोटको शुरुवात िचार खेल जित्दै विश्वकप छनोटमा सुखद शुरुवात गरेको इक्वेडर पछिल्ला १४ खेलमा जित निकाल्न नसकेपछि रसिया विश्वकपलाई छनोट हुन सकेन ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]