8 years ago
October 14, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटी आज राति तालिकाको तेर्हौंमा रहेको स्टोक सिटीको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७.४५ बजे सुरु हुने छ ।
लिगको पछिल्ला ५ खेलमा २० गोल गर्दै सिटीले ती सबैमा जित हांसिल गरेको छ । आफ्ना स्टार फरवार्ड सर्जियो अगुएरोको अनुपस्थितिमा पनि सिटीले चेल्सीलाई १-० ले हराएको थियो ।
गाडि दुर्घटनापश्चात मङ्गलबार सामान्य प्रशिक्षण गरेका अगुएरो यस खेलमा भने देखा पर्ने छैनन् । त्यस्तै डिफेन्डरद्वय भिन्सेन्ट कम्पनी र बेन्जामिन मेन्डी पनि सिटीका लागि घाइते रहेका छन् ।
लगातार चार खेलमा जितविहिन रहेको स्टोकले अघिल्लो खेलमा साउथह्याम्पटनलाई २-१ ले हराउँदै सो यात्रा टुङ्ग्याएको थियो । स्टोकका लागि जो एलेन वेल्सबाट खेल्दा घाइते भएका थिए भने रायन शक्रस र ब्रुनो मार्टिन इन्डि पनि घाइते रहेका छन् ।
यस सिजन आर्सनललाई हराएका कारण स्टोक अर्को उपाधि दाबेदार म्यानचेस्टर सिटीलाई निराश पार्ने दाउमा हुने छ । तर निकै राम्रो लयका कारण र स्टोकविरुद्ध पछिल्ला २० खेलमा केवल दुईमा पराजित भएकोले यस खेलमा म्यानचेस्टर सिटीकै जितको सम्भावना धेरै देखिन्छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]