default_image

8 years ago

October 14, 2017

प्रिमियर लिगमा क्रिस्टल प्यालेस र चेल्सी भिड्दै

114 views

0 Bookmark

लण्डन (एजेन्सी) – निकै खराब लयबाट गुज्रिरहेको क्रिस्टल प्यालेस आज राति प्रिमियर लिगमा साविक विजेता चेल्सीको सामना गर्दै छ । प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कका खेलिने सो खेल नेपाली समय अनुसार ७.४५ बजे सुरु हुने छ ।

क्रिस्टल प्यालेसका गोलकिपर वायन हेनेसी र कप्तान स्कट ड्यान घाइते रहेकाले नखेल्न सक्ने सम्भावना छ । लोनको सम्झौताका कारण रुबेन लफ्टस-चीक तथा घाइते रहेका कारण क्रिस्टियन बेन्टेके पनि यस खेलमा उपलब्ध हुने छैनन् । तर चोटबाट फर्किरहेका मिडफिल्डर विल्फ्रिड जाहाले टोलिलाई यस सिजनको पहिलो अंक जिताउने झिनो आशा सँगै ल्याउने छन् ।

सात खेलमा १३ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीका पनि मुख्य खेलाडिहरु घाइते रहेका छन् । एन्गोलो कान्टे अन्तर्राष्ट्रिय खेलमा घाइते भएका थिए भने एल्भारो मोराटा म्यानचेस्टर सिटीसँगको अघिल्लो खेलमा घाइते भएका थिए । त्यस्तै डिफेन्डर डेभिड लुइज भने प्रतिबन्धबाट फर्किँदै छन् ।

यस सिजन क्रिस्टल प्यालेसले ७ खेलमध्ये सबै खेल गुमाउँदै एक गोल पनि गर्न सकेको छैन । अर्को तर्फ लिगका पछिल्ला ९ मध्ये चेल्सीले ८ खेलहरुमा जित हांसिल गरेको छ भने प्यालेसको घरेलु मैदानमा चेल्सीले ६ मध्ये ५ मा पनि जित्न सफल भएको छ ।

चेल्सी जस्तै उपाधि दाबेदार रहेको टोटनह्याम हटस्परले बोर्नमाउथलाई वेब्लीलाई निम्त्याउँदै छ । १४ खेल जोड्दै टोटनह्याम तालिकाको तेस्रोमा रहेको छ र ७ खेलमा ४ अंकसहित बोर्नमाउथ १९ औँ स्थानमा रहेको छ । सो खेल नेपाली समय अनुसार ७.४५ बजे नै सुरु हुने छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.