8 years ago
October 14, 2017
वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगमा आज राति तालिकाको आठौँ स्थानमा रहेको वाटफोर्डले पाँचौं स्थानमा रहेको आर्सनलको सामना गर्दै छ । वाटफोर्डको घरेलु मैदान भिकरेज रोडमा खेलिने सो खेल नेपाली समयअनुसार १०.१५ बजे सुरु हुने छ ।
सिजनमा खराब सुरुवातपछि आगमन गर्दै आर्सनलले पछिल्लो ४ खेलमा ३ वटामा जित हांसिल गरेको छ । आर्सनलले वाटफोर्डको घरेलु मैदानमा खेलिएका पछिल्ला पाँचै खेल जितेकाले सो यात्रालाई निरन्तरता दिने खोजिमा हुने छ । लिगको पछिल्लो खेलमा उसले ब्राइटनलाई २-० ले हराएको पनि थियो ।
आर्सनलका लागि स्कोड्रान मुस्ताफी घाइते भएका कारण यस खेलमा सहभागी हुने छैनन् भने सिड कोलासिनाच र लोरेन्ट कोसिएल्नि पनि सामान्य चोटिल रहेका छन् । मेसुट ओजिल भने चोटपछि यस खेलमा आगमन गर्ने सम्भावन प्रबल छ ।
त्यस्तै ७ खेलमध्ये जम्मा एकमा हार बेहोर्दै वाटफोर्डले सोचिएको भन्दा निकै राम्रो सुरुवात गरेको छ । घरेलु टोलिका युनेस कबोल र सेबास्टियन प्रोडल अझै पुन: स्वस्थ भइसकेका छैनन् । नाथानियल चालोबाह लामो समयका लागि घाइते रहेका छन् भने आन्द्रे कारिल्लो चोटपछि टोलिमा फर्कँदै छन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]