8 years ago
October 14, 2017
डिजोन (एजेन्सी) – आज फ्रान्सेली लिग १ मा अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) डिजोनको सामना गर्दै छ । पिएसजी यस सिजन अपराजित रहेको छ भने खराब लयमा रहेको डिजोनको ८ खेलमा केवल एक जित छ ।
लिगको पछिल्लो खेलमा बोर्डोमाथि ६–२ को शानदार जित दर्ता गरेको पिएसजीका लागि जाभियर पास्टोरे र थियागो सिल्भा चोटबाट फर्किँदै छन् भने मार्को भेराट्टि टोलीमा आगमन गर्ने छन् । डिफेन्डर ड्यानी एल्भेसलाई भने प्रशिक्षक उनाई एम्रिले बुधबारको च्याम्पियन्स लिग खेलका लागि विश्राम दिने सम्भावना छ ।
अर्को तर्फ डिजोनका लागि डिफेन्डर सेड्रिक याम्बेरे रातो कार्ड पाएकाले निलम्बनमा परेका छन् । भरपर्दा डिफेन्डर याम्बेरे बिना डिजोनलाई थप समस्या हुने देखिएको छ । उनको स्थान सेड्रिक भरल्ट वा एडम ल्याङले लिने छन् भने डिजोनले अरु खासै परिवर्तन नगर्ने सम्भावना छ ।
यस सिजन पिएसजी तुलनात्मक रुपमा कमजोर रहेको विपक्षीमाथि निकै हावी देखिएका कारण नेयमार, एडिन्सन काभानी र किलियन बाप्पे सम्मिलित फरवार्ड लाइन फेरि पनि खेलमा चम्किने देखिन्छ । यस सिजन सबै प्रतियोगितामा काभानीको ११ गोल छ भने नेयमारको ८ तथाबाप्पेको ६ गोल रहेको छ ।
डिजोन विरुद्ध पिएसजीले आफ्ना पछिल्ला चार खेल पनि जितेको छ । नेपाली समय अनुसार यस खेल रातिको ८.४५ बजे सुरु हुने छ । खेल सोनी इएसपिएन एचडिमा प्रत्यक्ष प्रसारण हुने छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]