8 years ago
October 14, 2017
गेटाफे (एजेन्सी) – स्पेनिश ला लिगामा आज राति रियल म्याड्रिडले गेटाफेको सामना गर्दै छ । गेटाफेको घरेलु मैदान कोलोसियम अल्फोल्सो पेरेजमा खेलिने सो खेल नेपाली समय अनुसार ८ बजे सुरु हुने छ ।
आफ्नो स्तरभन्दा खराब सुरुवात गरेको रियल म्याड्रिडले पछिल्ला दुई लिग खेलमा भने जित हासिल गरेको छ । ७ खेलमा १४ अंकसहित रियल अंक तालिकाको ५ स्थानमा छ भने उसको प्रतिद्वन्दि बार्सिलोनाको २१ अंक रहेको छ । त्यसैले पनि यस खेलमा रियललाई कुनै हालतमा अंक नगुमाउने दबाब पनि हुनेछ ।
रियल म्याड्रिडले फरवार्ड ग्यारेथ बेललाई चोटका कारण गुमाउने छन् भने गोलकिपर केलर नाभास पनि चोटिल रहेका छन् । अर्को तर्फ रक्षात्मक रुपमा राम्रो देखिएकाले गेटाफेका प्रशिक्षक होसे बोर्डालासले टोलीमा खासै परिवर्तन नगर्लान् । हाल गेटाफे ७ खेलमा ८ अंक बटुल्दै तालिकाको बाह्रौँ स्थानमा रहेको छ ।
रियल म्याड्रिडले गेटाफे विरुद्धका पछिल्ला ७ मध्ये सबै खेल जितेको छ र ती सबै खेलमा कम्तीमा ३ गोल पनि गरेको छ । यस खेल सोनी टेन १ र सोनी टेन १ एचडिबाट प्रत्यक्ष प्रसारण हुने छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]