default_image

8 years ago

October 14, 2017

लिभरपुल र युनाइटेडले बराबरी खेले

138 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– लिभरपुलले घरेलु मैदानमा खेल नियन्त्रणमा राख्नाका वावजुद प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ ।

युनाइटेडविरुद्ध गोल गर्ने थ्रुपै मौका लिभरपुलले पाएको थियो । तर, युनाइटेडका गोलकिपर डेभिड डी जिया र कमजोर फिनिसिङका कारण लिभरपुलले जित निकाल्न सकेन । पहिलो हाफमा डि जियाले जोयल माटिनको नजिकको प्रहारलाई रोकेका थिए । त्यसअघि मोहम्मद सालेहको रिवाउन्ड प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा पनि लिभरपुलमा गोलको अवसर पाएको थियो । तर सफल हुन सकेन । अपराजित युनाइटेड आजको बराबरीपछि २० अंकसहित शीर्षस्थानमा उक्लेको छ । यद्दपी स्टोकसँग खेल्ने तयारीमा रहेको म्यानचेस्टर सिटीले त्यो खेल जितेमा पुनः शीर्षस्थानमा उक्लने छ ।

८ खेलमा युनाइटेडको त्यो दोस्रो बराबरी हो भने टोलीले बाँकी ६ खेल जितेको थियो । जारी सिजनमा चौथो बराबरी खेलेको लिभरपुलले ३ मा जित र १ मा हार बेहोरेको छ । १३ अंकसहित टोली छैटौं स्थानमा छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.