क्रिस्टल प्यालेस (एजेन्सी)– चेल्सी प्रिमियर लिगमा अंक तालिकाको पुछारमा क्रिस्टल प्यालेससँग आज स्तब्ध भएको छ । विलफ्रिड जाहाले पहिलो हाफको अन्तिममा गरेको गोल खेलको निर्णायक बनेपछि क्रिस्टल प्यालेसले साविक विजेता समेत रहेको चेल्सीमाथि २–१ को जित हासिल गरेको हो ।
सिजनमा आठौं खेलमा आएर क्रिस्टल प्यालेसले पहिलो जित दर्ता गरेको हो । चेल्सीको भने यो सिजनको तेस्रो हार हो ।सेसरको आत्मघाती गोलबाट क्रिस्टलले ११ औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । १८ औं मिनेटमा टिमोउ बााकायोकाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।
तर, जाहाले ४५ औं मिनेटमा गोल गर्दै घरेलु मैदानमा पुनः टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा पटक पटकको प्रयासका वावजुद चेल्सी खेलमा फर्कन सकेन । ८ खेलमा ४ खेलमा जित १ मा बराबरी गरेको चेल्सीको १३ अंक छ । अघिल्ला सात खेल गुमाएको क्रिस्टल प्यालेसले खातामा ३ अंक जोडेको छ ।