8 years ago
October 14, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आज स्टोक सिटीमाथि गोलको बर्षा गरेको छ । गाब्रियल जिससले २ गोल गरेको खेलमा सिटीले स्कोटलाई ७–२ ले हराएको छ । जितसँगै सिटी पुनः अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ भने सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ ।
आजै केहि घन्टा अघि सकिएको खेलमा युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेलेको थियो । १७ औं मिनेटमा जिससको गोलबाट अग्रता लिएको सिटीका लागि त्यसको २ मिनेट पछि नै रहिम स्टर्लिङ गोल गरे । डेभिड सिल्भाले २७ औं मिनेटमा गोल थपे ।
मामे विराम डिओफले स्टोकका लागि ४४ औं मिनेटमा गोल फर्काएपछि सिटीले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो । एकपक्षिय खेलको ४७ औं मिनेटमा कायले वाकरको आत्मघाती गोलमा स्टोकले गोलअन्तरलाई साँघुरो पार्यो । तर, त्यो गोलअन्तर लामो समय टिकेन ।
जिससले ५५ औं मिनेटमा अर्को गोल गरे । त्यसपछि फर्नान्डिन्होले ६० औं, लेरोय सानेले ६२ औं र बेनार्डो सिल्भाले ७९ औं मिनेटमा गोल गरेपछि सिटीको विजयी अन्तर फराकिलो भएको थियो । ८ खेलमा सातौं जित दर्ता गरेको सिटीको २२ अंक छ भने युनाटेडको २० अंक छ । यी दुई टोलीमात्र अहिले सम्म प्रिमियर लिगमा अपराजित रहेका छन् । १५ औं स्थानमा रहेको स्टोकको ८ अंक छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]