default_image

8 years ago

October 14, 2017

इरिक्सनको गोलमा टोटेनह्यामको जित

164 views

0 Bookmark

टोटेनह्याम (एजेन्सी)– क्रिस्टियन इरिक्सनले दोस्रो हाफमा गरेको गोलमा टोटेनह्यामले आज प्रिमियर लिगमा बोर्नमाउथलाई १–० ले हराएको छ । वेम्ब्ली रंगशालामा पहिलो जित दर्ता गराएपछि टोटेनह्याम १७ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

इरिक्सनले दोस्रो हाफको दोस्रो मिनेटमा गोल गरेका थिए । पेनाल्टी बक्सबाट उनले गोल गरेका हुन् । यो सिजनको उनको तेस्रो गोल हो । घरेलु मैदानमा सिजनको पहिलो गोलका लागि हेरि केन दुई पटक सम्म नजिक पुगे, तर सफल भने हुन सकेनन् । ८ खेलमा ४ अंक मात्र जोड्न सकेको बोर्नमाउथ अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

आजै भएका अन्य खेलमा स्वान्सी सिटीले हर्डरफिल्ड टाउनलाई २–० ले हरायो भने बनर्ली र वेस्ट ह्याम युनाइटेडले १–१ को बराबरी खेले । चेल्सी क्रिस्टल प्यालेससँग २–१ ले स्तब्ध हुँदा म्यानचेस्टर सिटीले स्टोट सिटीलाई ७–२ ले पराजित गर्यो । त्यसअघि लिभरपुल र म्याचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले ।

 

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.