8 years ago
October 14, 2017
गेटाफे (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि रियल म्याड्रिडले शनिबार गेटाफेलाई २–१ ले हराएको छ । त्यो जित पछि रियल अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
घाइते गेराथ बेल विना उत्रेको रियलले पाँचौं स्थानमा रहँदै शनिबारको खेल सुरु गरेको थियो । करिम बेन्जिमाको गोलबाट रियलले ३९ औं मिनेटमा अग्रता लिएको थियो । तर, ५६ औं मिनेटमा जर्ज मोलिनाले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए ।
दुई यार्डबाट पनि गोल गर्न चुकेका रोनाल्डोले अन्ततः खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गरे र खेलको निर्णायक गोल त्यहि बन्यो । सबै प्रतियोगितामा गरि रियलको त्यो लगातार चौथो जित थियो । १ खेल कम खेलेको बार्सिलोना भन्दा रियल अझै ४ अंकले पछाडि छ । बार्सिलोनाले शनिबार अवे खेलमा एट्लेटिको म्याड्रिडको सामना गर्दैछ ।
रोनाल्डो पाँच खेलेको प्रतिबन्ध पछि केही दिनअघि मात्र ला लिगामा फर्केका थिए । बार्सिलोना विरुद्ध अगस्ट १४ मा सुपर कपमा रेफ्रीलाई धक्का दिएपछि रोनाल्डो ५ खेल प्रतिबन्धमा बिताएका थिए । च्याम्पियन्स लिग र ला लिगाको विजेता समेत रहेको रियलले रोनाल्डोको अनुपस्थितिमा मिश्रित खाले परिणाम निकालेको थियो ।
सेप्टेम्बर २० मा रोनाल्डो प्रतिबन्ध मुक्त भएर फर्केको खेलमा रियल बेटिससँग रियल १–० ले स्तब्ध भएको थियो । रियलले मंगलबार च्याम्पियन्स लिगको समूह चरणमा टोटेनह्यामको सामना गर्दैछ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]