default_image

8 years ago

October 15, 2017

पिएसजीको संघर्षपूर्ण जित

119 views

0 Bookmark

डिजोन (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राती पेरिस सेन्ट जर्मन (पिएसजी) ले डिजोनमाथि २-१ को संघर्षपूर्ण जित निकालेको छ । पिएसजीको जितमा दुवै गोल डिफेन्डर थोमस म्युनियरले गरेका थिए ।

मुख्य स्ट्राइकर एडिन्सन काभानी बिना उत्रेको पिएसजी आक्रमणमा अरु बेलाभन्दा केहि फितलो देखिएको थियो । नेयमारले गरेको प्रहार रिबाउन्ड भएर फर्किँदा म्युनियरले सो मौका सदुपयोग गर्दै पिएसजीलाई ७० औं मिनेटमा खेलमा अग्रता दिलाएका थिए ।

भ्रमणकारी टोलीलाई म्युनियरले अग्रता दिलाउन अघि ड्यानि एल्भेस र मार्क्युनोसका प्रहार पोस्टमा लागेको थियो भने नेयमार र किलियन बाप्पेका केही प्रहारलाई डिजोनका गोलकिपरले बचाऊ गरेका थिए । तर खेलको ८७ औं मिनेटमा डिजोनका बेन्जामिन जेनोटको ३० यार्ड भलिले जाली चुम्दा घरेलु टोली पिएसजीसँग अंक बाँड्न नजिक पुगेको थियो ।

इन्ज्युरी समयमा भने बाप्पेको सुन्दर पासलाई फेरी म्युनियरले गोलमा परिणत गर्दै पिएसजीलाई अन्तिम समयमा जित दिलाउन सफल भएका थिए । यस सिजन खेलिएका ९ खेल मध्ये पिएसजीले ८ जित र एक बराबरी खेल्दै २५ अंक बटुलेको छ ।

दोस्रो स्थानमा रहेको साविक विजेता मोनाकोभन्दा पिएसजी ६ अंकले अगाडि रहेको छ । मोनाको लियोनसँग शुक्रबार ३-२ ले पराजित भएको थियो । डिजोन भने ९ खेलमा ६ अंकसहित तालिकाको १८ औं स्थानमा झरेको छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.