default_image

8 years ago

October 15, 2017

‘सेन्टर फरवार्डमा राम्रो गर्न सकिन’–बाप्पे

96 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन बाप्पेले सेन्टर फरवार्डमा खेल्न आफुलाई कठिनाई भएको बताएका छन् । शनिबार डिजोनलाई पिएसजीले २–१ ले हराउँदा बाप्पेको पासमा थोमस म्युनियरले विजयी गोल गरेका थिए ।

यद्दपी, १८ वर्षे स्ट्राइकरको खेलमा समग्र प्रदर्शन भने सन्तोषजनक रहन रहेन । उनले खेलमा गोलका लागि प्राप्त केही मौका गुमाएका थिए । मैले गोलका लागि प्रयास गरे । तर मैले धेरै मौका गुमाए, खेल पछि बाप्पले भने, मेरो लागि यो खेल उत्कृष्ट रहन सकेन । मलाई खेल्न सहज भएन । मैले लामो समययता यो पोजिसनमा खेलेको थिइन ।

टोलीका अर्का स्ट्राइकर इडिन्सन काभानीको अनुपस्थितिमा बाप्पलेलाई त्यो भूमिका दिइएको थियो । सधै जसो इन्डिसनले त्यो भूमिका निर्वाह गरेका छन् । वर्षौदेखि उनी त्यसमा अभ्यस्त छन्, उनले थपे, यसपटक उनी थिएनन् । कहिले काही मैले पनि त्यो पोजिसनमा खेल्नु पर्ने हुन्छ ।

मध्यसातामा हुने च्याम्पियन्स लिग खेलमा भने बाप्पले आफ्नो पुरानै भूमिका निर्वाह गर्न पाउने अपेक्षा राखेका छन् । ‘बुधबार हुने खेलमा म पुनः दायाँबाटै खेल्ने छु । त्यो मेरो लागि सहि ठाँउ हा,’ उनले भने, ‘म कडा मेहनत गर्नेछु किन की मैले आज राम्रो गर्न सकिन ।’

पिएसजीले नयाँ सिजनको सुरुआत उत्कृष्ट ढंगले गरेको छ । फ्रेन्च लिगको शीर्षस्थानमा रहेको पिएसजीले दोस्रो स्थानको मोनाकोलाई ६ अंकले पछाडि पारेको छ । बाप्पले पिएसजीबाट ३ गोल गर्नुका साथै ३ वटा गोलमा पास निकालेका थिए ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.