8 years ago
October 17, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह एच अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड इङ्ग्लिस टोली टोटनह्यामको सामना गर्दै छ ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ ।
समूह एचमा रियल म्याड्रिड र टोटनह्याम दुवै टोलीको दुई खेलमा दुई जितसहित ६ अंक रहेको छ । त्यस्तै आ–आफ्ना घरेलु लिगमा पनि दुवै टोलीले ८ खेलमा १७ अंक बटुल्दै तालिकाको तेस्रो स्थान ओगटिरहेका छन् । तर तुलनात्मक रुपमा बलियो रहेको रियल म्याड्रिडले चोटग्रस्त टोटनह्याम विरुद्ध अघिल्ला तीनै खेल आफ्नो पक्षमा पारेको छ ।
रियल म्याड्रिडका लागि पूर्व टोटनह्यामका खेलाडि ग्यारेथ बेल घाइते भएका कारण खेलमा सहभागी हुने छैनन् । गोलकिपर केलर नाभास र डिफेन्डर ड्यानियल कार्जाभाल पनि सामान्य चोटिल रहेका कारण नखेल्ने सम्भावना छ । नाभास स्वस्थ नभएको अवस्थामा पोस्टको जिम्मा किको क्यासिल्लाले सम्हाल्ने छन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]