8 years ago
October 17, 2017
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एफमा आज म्यानचेस्टर सिटी र नेपोली भिड्दै छन् । सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा खेलिने यस खेल आज राति नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ ।
म्यानचेस्टर सिटीका लागि डिफेन्डर भिन्सेन्ट कम्पनी र बेन्जामिन मेन्डि घाइते रहेकाले यस खेलमा सहभागि हुने छैनन् । त्यस्तै कार दुर्घटनामा परेर घाइते भएका फरवार्ड सर्जियो अगुएरो भने तोकिएको समयअगावै स्वस्थ हुँदै यस खेलमा उपलब्ध हुने छन् ।
नेपोलीका लागि भने अर्काडिउज मिलिक चोटका कारण उपलब्ध हुने छैनन् । आ–आफ्ना घरेलु लिगमा दुवै टोली निकै आक्रामक देखिएकाले यस खेल रोमञ्चक हुने अनुमान गर्न सकिन्छ । सिटी इङ्ग्लिस प्रिमियर लिगको र नेपोली इटालियन सेरीआको शीर्ष स्थानमा रहेका छन् ।
त्यस्तै अर्को इङ्ग्लिस टोली लिभरपुल समूह ईमा मेरोबोरको सामना गर्दै छ । लिभरपुलका लागि साडियो माने हाल चोटका कारण बाहिर छन् भने मेरिबोरका लुका जाहोभिच र डेर भर्सिच चोटपछि टोलीमा आगमन गर्दै छन् ।
आज राति च्याम्पियन्स लिगका अन्य खेलहरु (नेपाली समय अनुसार):
मोनाको विरुद्ध बेसिक्टास – १२.३० बजे
आरबि लेपजिग विरुद्ध पोर्टो – १२.३० बजे
फेयेनूर्ड विरुद्ध शाख्तार दोनेस्क – १२.३० बजे
स्पार्टाक मस्को विरुद्ध सेभिल्ला – १२.३० बजे
एपोएल निकोसिया विरुद्ध बोरुसिया डर्टमन्ड – १२.३० बजे
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]