default_image

8 years ago

November 4, 2017

रोनाल्डोलाई ‘उत्कृष्ट गोलकर्ता’ को उपाधि

116 views

0 Bookmark

बर्लिन (एजेन्सी) – फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोले यो वर्ष अर्को अवार्ड जितेका छन् । इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटस्टिक्स (आइएफएफएचएस) ले उनलाई सन् २०१६ को उत्कृष्ट गोलकर्ताका रुपमा चुनेको हो ।

 

रोनाल्डोले २०१६ मा पोर्चुगलको राष्ट्रिय फुटबल टोली र स्पेनिस क्लब रियल म्याड्रिडका लागि गरि ५५ गोल गरेका थिए । रोनाल्डोको यो वर्षको तेस्रो अवार्ड हो । उनले २०१६ मा रियलका लागि ४४ खेलमा ४२ गोल र १४ वटा असिस्ट गरे ।

पोर्चुगलका लागि उनले १३ खेलमा १३ गोल गर्दै ३ वटा असिस्ट दिएका थिए । फिफा वर्ष खेलाडीको उपाधि जितेका रोनाल्डो यो वर्षको ब्यालन डी’ अर अवार्डको मनोनयनमा पनि परेका छन् ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.